दफा १०
औद्योगिक प्रयोजनका लागि मात्र अनुमतिपत्र दिन सकिने
(१) ऐनको दफा ५ को प्रयोजनको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिइने तेजाब वा अन्य घातक रासायनिक पदार्थको विवरण मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचनामा देहायका विवरण उल्लेख गर्नु पर्नेछ:-
(क) तेजाब बा अन्य घातक रासायनिक पदार्थ प्रयोग हुने उद्योगको प्रकृति,
(ख) खण्ड (क) बमोजिमको प्रकृतिका उद्योगमा प्रयोग हुने तेजाब वा अन्य घातक रासायनिक पदार्थको नाम।
(३) उपनियम (१) बमोजिमको सूचनामा तोकिएका तेजाब वा अन्य घातक रासायनिक पदार्थ त्यस्तो प्रकृतिको उद्योगको प्रयोजन बाहेक कुनै पनि प्रयोजनको लागि उत्पादन, निकासी, पैठारी, बिक्री, वितरण वा प्रयोग गर्न पाइने छैन।